काठमाडौं । हैजाको ८० प्रतिशतभन्दा बढी मानिसमा लक्षण नदेखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका (डब्ल्यूएचओ)का अनुसार सङ्क्रमित ८० प्रतिशतभन्दा बढी मानिसमा लक्षण देखिँदैन। लक्षण देखिने २० देखि ३० प्रतिशतमा भने केही दिनभित्रै पखाला लाग्ने र शरीरमा पानीको मात्रा असाध्यै कम हुने हुन्छ। यदि यसको उपचार नगरिए यसका कारण मानिसको मृत्यु नै हुन सक्छ। प्रत्येक वर्ष यो रोगका करिब १३ देखि ४० लाख बिरामीहरू देखिन्छन् र विश्वभरि २१ हजारदेखि १४३,००० मानिसहरूको मृत्यु हुने डब्ल्यूएचओले जनाएको छ ।

हैजा भिब्रिओ कोलरी नामक जीवाणुका कारण दूषित भएको खाना खाए वा पानी पिएमा लाग्ने सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताउँछन्। उनका अनुसार हैजा जीवाणु (ब्याक्टेरिया) मार्फत् हुने एक किसिमको सङ्क्रमण हो। यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ। यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ।

डब्ल्यूएचओ र युनिसेफको एक संयुक्त प्रतिवेदनले सन् २०२२ मा यस्तो अनुमान गरेको थियो । जसमा विश्वभरिमा २.२ अर्ब मानिसहरूका लागि अझै पनि सुरक्षित र पिउनयोग्य पानी आफ्नो घरमा उपलब्ध छैन ।

डब्ल्यूएचओले हैजालाई गरिबीको रोगू भनी व्याख्या गरेको छ। यसले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ। अफ्रिका र एशियाका विभिन्न देश तथा क्यारिबीअन क्षेत्रको हेइटीमा बस्ने मानिसहरू यसबाट बढी प्रभावित भएका संगनले जनाएको छ ।

यसैगरी, नेपालमा पनि हैजाका संक्रमण ४७ जनामा देखिएको छ । लक्षण नदेखिने बिरामीहरूले अरूलाई सङ्क्रमित गर्ने जोखिम उच्च रहन्छ किनभने उनीहरूले आफू सङ्क्रमित भएको एकदेखि १० दिनसम्म दिसाबाट अरूमा जीवाणु सार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0