काठमाडौं ।अबदेखि मामाका छोराछोरी र फुपुका छोराछोरी बीच पनि अंगदान गर्न मिल्ने भएको छ।  सर्वोच्च अदालतले मामाफुपूका छोराछोरीहरुबीच पनि अंगदान गर्न बाधा नपुग्ने भनी व्याख्या गरेको छ । न्यायाधीशहरु डा. कुमार चुडाल र हरि फूयालको इजलासले मामाको छोरी सहमत भए फुपुको छोरालाई प्रत्यारोपणमा अवरोध नगर्नु भनी आदेश दिएको छन् ।

अधिवक्ता पूजा खत्री समेत संलग्न रिट निवेदनमा सर्वोच्चले कानूनी परिभाषा फराकिलो पार्न आदेश दिएको थियो । १ जेठ, २०७१ मा सर्वोच्च अदालतले ‘नजिकको नातेदार’को परिभाषालाई संकुचित बनाइएको भनी व्याख्या गर्दै कानून संशोधन गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले काकाकाकी र ठूलोबाबुआमाको छोराछोरीलाई नजिकको नातेदार मान्ने कानूनी व्यवस्थाले आमाको नातेदार अर्थात मामाफुपुको सन्तानविच भेदभाव गरेको भन्दै कानून संशोधनका लागि समेत ध्यानाकर्षण गराएको छ ।

आमाको समान पुस्ताको नातालाई बाबुतर्फका नाता सरह नसमेटेको भन्दै  सर्वोच्चले प्रश्न उठाएको हो ।

‘अंगदान गर्ने क्रियाकलाप मानिसको जीवन रक्षा हुनुपर्ने विषयसँग जोडिएको देखिएको छ । अंगदानले स्पष्टतः कोही मानवको जीवन रक्षा एवं निजको बाँच्ने आयु र अधिकारको विस्तार गर्ने गर्दछ’ फैसलाको पूर्णपाठमा भनिएको छ,

फुपूकी छोरीले स्वेच्छिकरुपमा मृगौला अङ्गदान गर्न चाहेमा निवेदक( मृगौला रोगी) लाई चिकित्सकीय रोहमा रीत पु¥याई मृगौला दान गरी प्रत्यारोपण गर्नू गराउनू   पुर्णपाठमा उल्लेख छ ।

यसअघि सर्वोच्च अदालतले काकाससुराले पनि मिर्गौला दिनसक्ने फैसला गरेको थियो । सर्वोच्च अदालतले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ माथि आवश्यक परिमार्जन गर्नु भनी कानून मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0