काठमाडौं। निजी अस्पतालहरुको छाता संस्था ‘एसोसिएसन अफ प्राइभेट हेल्थ इस्टिस्च्युएसन अफ नेपाल (अफिन) ले आफ्नो २६ औं स्थापना दिवस मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यमा ललितपुरमा एक विशेष कार्यक्रमको आयोजित अफिनले आफ्नो २६ औं स्थापना दिवस मनाएको हो।
मन्त्री पौडेलले आम नागरिकको उपचार सेवामा निजी क्षेत्रको महत्वपूर्ण योगदानको रहेको चर्चा गरे। उनले निजी अस्पतालले विपन्नका लागि छुट्याउनु पर्ने १० प्रतिशत निशुल्क शैय्याको कार्यान्वयन त्यति प्रभावकारी नभएको भन्दै अस्पताल सञ्चालकहरुलाई प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरे ।
उनले भने,’अस्पताल सचालन गर्नु भनेको सामाजिक प्रतिष्ठासँग जोडिएकाले जनतालाई दिने सेवा सुविधाबारे पारदर्शीता अपनाउन आग्रह गर्छु। ‘
आफूले निजी अस्पतालहरुको नविकरणका लागि प्रधानमन्त्रीलाई अवगत गराएको बताउदै बीमाको दायरा ५ लाखसम्म बढाउनुपर्ने, निजी स्वास्थ्य संस्थालाई पनि बीमामा समेटिने कुरामा उनले जोड दिए।
कार्यक्रममा अफिनका सल्लाहकार पूर्व गृह राज्य मन्त्री दीपक प्रकाश बाँस्कोटा, नेपाल मेडिकल काउन्सिलसका अध्यक्ष, डा चोपलाल भुषाल, निजी मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की, नेपाल चिकित्सक संघका अध्यक्ष डा।अनिल बिक्रम कार्की, अफिनका उपाध्यक्ष प्राडा श्याम कृष्ण जोशी, अफिनका महासचिव हेमराज दाहाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन नेपाल ९केमसान०का अध्यक्ष, भक्त हमाल, नेपाल औषधी उत्पादक संघका अध्यक्ष महेश प्रसाद प्रधान लागायतले शुभकामना दिदै स्वास्थ्य क्षेत्रको सुधारमा सबै सरोकारवालाहरु हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए।