काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै प्रतिष्ठान र संघीय अस्पतालहरुलाई अस्पतालबाट बिरामीको उपचारका लागि प्रदान गरिने स्वास्थ्य सेवासँग सम्बन्धित विवरणहरु सार्वजनिक गर्न र अद्यावधिक गर्न पत्र पठाएको छ।
आइतबार प्रतिष्ठान र संघीय अस्पतालहरुलाई पत्र पठाउँदै ओपीडी, आकस्मिक, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी लगायत सबै किसिमका सेवाहरुको विवरण अस्पतालको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी त्यससँग सम्बन्धित डाटा एवं सूचनालाई दैनिक रुपमा अद्यावधिक गर्न पत्रमा भनिएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1