कानुन विपरित सूर्ति उद्योगको मुख्य प्रायोजकमा कालिङ्गा लिटेररी फेस्टिवल–२०२४ भन्दै एक्सन नेपालले विरोध जनाएकाे छ ।
सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सक्रिय रुपमा काम गदैं आएको एक्सन नेपालले भारतीय राष्ट्रकवीले त्यहाँका तत्कालिन प्रधानमन्त्री नेहरुलाई राजनीति र साहित्यकारको सम्वन्ध र साहित्यबीच सम्वन्ध र बलको विषय उदृत गर्दै कलिंगा लिटरेरी फेस्टिवलमा नजान आग्रह गरेको छ ।

हजारौँ मानिसहरुको ज्यान बचाउने उदेश्यले ल्याइएको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने कानूनको कार्यान्वयनमा सरकार कमजोर देखिएको नेपालका कार्यक्रम संयोजक पामिर गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ “काठमाडौँमा हुन लागेको कालिङ्गा लिटेररी फेस्टिवललाई सूर्य नेपालको प्रायोजकत्व त्यही आफ्नो वैधानिकतालाई छाप लगाउने रणनीतिले प्रेरित रहेको कुरामा दुई मत छैन। तर सुर्तीजन्य उत्पादकको व्यानर मुनि बसेर वा बसाएर साहित्यका बहुआमायिक विषयहरुमा छलफल गराउनु वा गरिनु बिडम्बनापूर्ण छ। राजनीति डगमगाउँदा देश र बृहत्तर लोककल्याणका लागि कलम र आवाज उठाउने साहित्यलाई काठमाडौं कालिङ्गा लिटेररी फेस्टिवलका आयोजकहरुले जनस्वास्थ्यलाई गम्भीर हानि पुर्याउने सुर्तीजन्य पदार्थका उत्पादक सामू घुडा टेकाएका छन्।“

सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकौंको अनुसंधानहरूले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट संसारमा हरेक वर्ष ८० लाख भन्दा बढी व्यक्तिहरुको ज्यान जाने गरेको छ । नेपालमा मात्रै यसको प्रयोगका कारण बर्षेनी ३७ हजार बढीले ज्यान गुमाउने गरेका छन् ।

 प्रेस विज्ञप्तिको यस्तो छ

सूर्य नेपालको मुख्य प्रायोजनमा हुन लागेको सूर्य नेपाल काठमाडौं कालिङ्गा लिटेररी फेस्टिवल २०२४ प्रति एक्सन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार धुम्रपानले हरेक वर्ष ८० लाख भन्दा बढी मानिसको ज्यान लिने गरेको छ। नेपालमा मात्र सुतीजन्य पदार्थको सेवनले वर्षेनी ३७,००० भन्दा बढीले अकालमा ज्यान गुमाइरहेका छन सुतीजन्य पदार्थको घातक र अनैतिक प्रकृतिकै कारण यसका उत्पादकलाई विश्वभर पापी/अपराधी उद्योग (Sin Industry) भनिएको हो। सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकौंको अनुसंधानहरूले देखाएका छन्। यसकारण अधिकांश देशहरूले सुर्ती उद्योगहरुलाई कुनै पनि प्रकारको विज्ञापन प्रबर्द्धन र प्रायोजनमा प्रतिबन्ध लगाएका छन। नेपालमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानून र नियमावलीहरूले यस्तो कार्यमा प्रतिबन्ध गरेको छ।

यस्ता अपराधी उद्योग कम्पनीहरूसँग सञ्चालन गर्न कानुनी इजाजतपत्र भए पनि उनीहरूको हानिकारक उत्पादनहरू र सेवाहरूलाई सामाजिक रुपमा उचित र वैध ठहराउन सकिन्न। तसर्थ यस्ता उद्योगहरुमा आफूलाई सामाजिक रूपमा जिम्मेवार पात्रको रुपमा प्रस्तुत गर्ने होडबाजी स्पष्ट देखिन्छ। सामाजिक रूपमा जिम्मेवार छवि प्रस्तुत गर्न यस्ता उद्योगहरुले संस्थागत सामाजिक उत्तरदायित्वको उपयोग गर्ने गरेका छन यी उद्योगहरुका लागि संस्थागत सामाजिक उत्तरदायित्व आफ्‌नो अस्तित्वलाई प्रभाव पार्न सक्ने शक्ति भएका प्रमुख सरोकारवालाहरूको नजरमा आफ्नो वैधानिकता प्राप्त गर्ने प्रयास हो।

जवाहरलाल नेहरूको प्रमुख आतिथ्यमा लाल किल्लामा भएको कवि सम्मेलनमा भारतका राष्ट्रकवि रामधारी सिंह दिनकर पनि वाचक थिए। पंण्डित नेहरू र दिनकर स्टेजको सिडी चढिरहेका बेला प्रधानमन्त्री नेहरूको खुट्टा अचानक लरखरायो। दिनकरले नेहरूको हात समातेर उनलाई लड्न दिएनन र माथि उक्लन सहयोग गरे। नेहरूले दिनकरलाई यसका लागि धन्यवाद दिंदा जबाफमा दिनकरले भने- नेहरूजी यसमा धन्यवाद दिनु पर्ने केही कारण छैन, जब जब राजनीति डगमगाउँछ, साहित्यले त्यसलाई सधै बल दिन्छ।

हजारौ मानिसहरुको ज्यान बचाउने उद्देश्यले ल्याइएको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानूनको कार्यान्वयनमा सरकार कमजोर देखिएको छ। यसका कारण अपराधी उद्योगहरूलाई आफ्नो गतिबिधिलाई तिव्र बनाउन र बढाउन थप सहज भएको छ।

काठमाडौँमा हुन लागेको कालिङ्गा लिटेररी फेस्टिवललाई सूर्य नेपालको प्रायोजकत्व त्यही आफ्नो वैधानिकतालाई छाप लगाउने रणनीतिले प्रेरित रहेको कुरामा दुई मत छैन। तर सुर्तीजन्य उत्पादकको व्यानर मुनि बसेर वा बसाएर साहित्यका बहुआमायिक विषयहरुमा छलफल गराउनु वा गरिनु बिडम्बनापूर्ण छ। राजनीति डगमगाउँदा देश र बृहत्तर लोककल्याणका लागि कलम र आवाज उठाउने साहित्यलाई काठमाडौं कालिङ्गा लिटेररी फेस्टिवलका आयोजकहरुले जनस्वास्थ्यलाई गम्भीर हानि पुर्याउने सुर्तीजन्य पदार्थका उत्पादक सामू घुडा टेकाएका छन। आम नागरिक, चिकित्सक, पत्रकार, सामाजिक संस्था र विभिन्न सरोकारवालाहरुको ठूलो दबाब र लडाइँपछि बनेका कानुनहरुकै भद्दा मजाक हुनेगरी र आफ्नो सामाजिक उत्तरदायित्वको समेत पर्वहा नगरी सुर्तीजन्य पदार्थ उत्पादकहरुको प्रचारका लागि लोगो सहित कार्यक्रम गरिनु हास्यास्पद छ कानुनी प्रावधान र आफ्नो सामाजिक उत्तरदायित्व प्रति सचेत रहन र अपराधी उद्योगको व्यानरका मुनि कुनै पनि प्रकारको कार्यक्रम आयोजना नगर्न वा त्यसमा सामेल नहुन एक्सन नेपाल आयोजक, सार्वजनिक निकायका व्यक्तित्व, लेखक, पत्रकार र सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0