वर्षाको मौसममा अत्यधिक गर्मी समेत भएकोले बाँकेका विभिन्न अस्पतालमा भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड र पखालाका बिरामीको संख्या बढ्दै गएको छ।

नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पताल, सिद्धार्थ अस्पताल, कान्ति आरोग्य अस्पताल, कोहलपुरस्थित मेडिकल कलेजको शिक्षण अस्पताल र विभिन्न क्लिनिकमा अहिले दैनिक पाँचदेखि एक हजारको हाराहारीमा मौसमी भाइरलका बिरामी उपचारका लागि पुग्ने गरेको ती अस्पतालले जनाएका छन्।

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा। संकेतकुमार रिसालले बर्षाको मौसमसँगै गर्मी पनि अत्यधिक भएकोले पछिल्लो केही दिनदेखि मौसमी रोगका बिरामी ठुलो संख्यामा उपचारका लागि अस्पतालमा आउन थालेको बताए।

उनले भेरी अस्पतालमा मात्रै भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखाला र निमोनिया जस्ता समस्या लिएर दैनिक तीन सय भन्दा बढी बिरामीहरु आउने गरेको बताए।

पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने र बान्ता एवं पखाला लाग्ने समस्या लिएर अस्पतालमा आउनेहरु बढ्दै गएको पाइएको सूचना अधिकारी डा। रिसालले बताए। नेपालगन्ज उपमहानगर र कोहलपुरका अन्य विभिन्न अस्पतालले पनि मौसमी फ्लुका बिरामी बढेको जनाएका छन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0