काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरकारी स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने जात्रा तथा पर्वको सूची सार्वजनिक गरेको छ।
अघिल्लो सरकारका पालामा गरिएको निर्णयको कार्यान्वयन फितलो भएको जनगुनासो बढेपछि हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग चासो व्यक्त गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्देशन अनुसार ७ भदौमा सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह गर्न मन्त्रालयले भदौं १६ मा सबै संघीय अस्पतालहरुलाई परिपत्र गरिसकेएको छ ।
यता, (हजो) भदौं १८ मा नेपाल चिकित्सक संघले प्रधानमन्त्री कार्यालयले ७ भदौमा स्वास्थ्यलाई पठाएको सार्वजनिक विदाका दिनमा अस्पतालहरुले ओपिडी लगायतका सेवा सञ्चालन गर्ने पत्र अव्यहारिक र अवैज्ञानिक भएको टिप्पणी गरेको छ ।
नेपाल राजपत्र भाग ५ मा मिति २०८० माघ २९ मा प्रकाशित उक्त सुचनामाको १० मा सार्वजनिक विदाका दिन पनि समान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सञ्चालन गर्नु भन्ने उल्लेख छ ।
अब यी सार्वजनिक बिदामा पनि सञ्चालन हुने छन् सरकारी अस्पतालमा ओपिडी
क पर्व विदा
१. राम नवमी, २. चण्डी पूर्णिमा (बैशाख पूर्णिमा) उभौली पर्व, ३. रक्षा बन्धन, ४. श्रीकृष्ण जन्माष्टमी, ५.घष्टस्थापना, ६. क्रिसमस डे, ७. धान्य पूर्णिमा उधौली पर्व योमरी पुन्ही (ज्यापू दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व माघे संक्रान्ति, १०. सोनम ल्होसार, ११. महाशिवरात्री, १२.ग्याल्पो ल्होसार, १३.ईद १४. बकर ईद
ख) जात्रा विदा
१. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, ४. घोडेजात्रा
ग. सार्वजनिक दिवस
१. गणतन्त्र दिवस, २. शहीद दिवस, ३. राष्ट्रिय प्रजातन्त्र दिवस, ४.अन्तराष्ट्रिय महिला दिवस
घ. जन्मजयन्ती विदा
१. बुद्ध जयन्ती, २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)