
रगतमा ग्लुकोजको मात्रा बढ्दै गएपछि मुख सुक्ने, बढी तिर्खा लाग्ने र धेरै पिसाब लाग्ने जस्ता लक्षण देखिन थाल्छन्। पिसाबमा ग्लुकोज जान थालेपछि दुब्लाउदै जाने, भोक बढी लाग्ने, हातखुट्टा झमझम गर्ने जस्ता लक्षण देखिन थाल्ने चिकित्सकहरु बताउँछन् ।
मधुमेहका लक्षण
-प्यास बढी लाग्ने
-पिसाब बढी हुने
-भोक बढी लाग्ने
– आँखाको दृष्टिमा खराबी
-घाउ निको नहुने
-हातखुट्टा झमझम गर्ने
यसबाट कसरी बच्ने मधुमेहबाट बच्ने उपाय
-शरिरको तोैल सन्तुलित राख्ने
– चिनीजन्य परिकार कम खाने
-चिल्लो कम खाने, चाहिने भन्दा बढि खाना नखाने
-धेरै गुलिया फलफूल कम खाने
-पेय पदार्थ नखाने
-फ्राइ तथा पोलेका परिकार कम खाने
-धुम्रपान–मद्यपान नगर्ने
-नियमित व्यायाम गर्ने
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1