पाँचथरको फालेलुङ–५ प्राङवुङको डाँडागाउँमा गत बिहीबार बम विस्फोट हुँदा घाइते भएका दुई जना बालकलाई थप उपचारका लागि काठमाडौं ल्याएको छ ।
बम विस्फोट हुँदा घाइते पवन राई र दिप्सन राईलाई काठमाडौंको बर्न हस्पिटलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।
भदौ १३ गते भएको विस्फोटमा परी घाइते भएका पवनलाई गत शुक्रबार र दिप्सनलाई शनिबार पाँचथर अस्पतालबाट कोशी अस्पताल विराटनगरमा थप उपचारका लागि पठाइएकोमा अविभावकले उपचारको प्रक्रिया पूरा नगरी पाँचथर नै फर्काएपछि पवनको घाउमा संक्रमण देखिएको भन्दै जिल्ला अस्पतालका चिकित्सकले सुविधासम्पन्न अस्पताल लैजान सुझाउँदै आएका थिए ।
उनीहरूलाई काठमाडौंसम्म पुग्ने यातायात र हवाई भाडा फालेलुङ गाउॅपालिकाले बेहोर्ने र कीर्तिपुरको बन हस्पिटलमा उपचारको प्रबन्ध सिविनले मिलाउने भएको छ ।
फालेलुङ–५ का माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा भएको विस्फोटमा ११ वर्षीय दिप्सन सावाँ र उनकी साढे २ वर्षकी वर्षीय बहिनी प्रिन्साको ज्यान गएको थियो ।