विवाहपछि दम्पतीको चाहना हुन्छ सन्तानको तर विभिन्न कारणले सन्तान प्राप्त गर्न सकिरहेका हुदैनन्। सन्तान नहुनुमा मुख्य दोष अझै पनि हाम्रो समाजले महिलालाई नै दिने गरेको छ। तर यसको भागेदारी महिला र पुरुष बराबरी हुने चिकित्सकहरुले बताउँदै आएका छन्। बाँझोपनको समस्या किन आउँछ ? यो समस्या आउन नदिन के गर्ने ? बाँझोपनकै कारण कुनै दम्पतीले सन्तान सुख प्राप्त गर्न नसक्ने हुन् त ? आईभीएफ किन र कस्ता व्यक्तिलाई आवश्यक छ? यी विषयमा वरदान फर्टिलिटी सेन्टर काठमाडौंका प्रसुति तथा बाँझोपन विशेषज्ञ डा. सविना सिम्खडासँग सञ्जिता खनालले कुराकानी गरेकी छन्।
बाझोपन भनेको के हो ?
बाझोपन भनेको एक वर्षसम्म परिवार नियोजनको साधन प्रयोग गरेको छैन् । महिला र पुरुषले बच्चा जन्माउँनका लागि सम्पर्कमा बस्दा पनि बच्चा नहुनुलाई बाझोपना भनिन्छ ।
बाझोपनको समस्या भन्ने वितिकै अझै पनि महिलालाई नै आक्षेप लगाईन्छ , यसमा भागेदारी महिला मात्र हुन त ?
बाझोपनको समस्या महिलामा मात्र हुदैन कि पुरुषमा पनि देखिन्छ । महिलाको अन्डा र पुरुषको शुक्रकिट मिलन भएर गर्भ हुने हो । बाझोपनको भागेदारी महिला पुरुष बराबरी छन् ।
महिला र पुरुषमा बाझोपन आउँनुको कारण के के हुन ? महिलामा बाझोपनको समस्या आउँने कारण भनेको ढिलो विवाह गर्दा जन्मजात लिएर आएको अन्डा कम हुदै जान्छ । ढिलो विवाहका कारणले गर्दा विभिन्न रोगहरु पनि देखिन थाल्छ । पोलिसिस्टीक ओभरसिस्टका कारणले गर्दा अत्यधिक अन्डा बन्ने ,अन्डाको विकाश राम्रो नहुने ,खानपान जिवनशैलीका कारण, ईन्फेक्सनका कारण गर्भ नली बन्द हुने,पाठेघरको संक्रमण हुने ,साना साना टिउमर पलाउँने जस्ता कारणले बाझोपनको समस्या आउँछ ।
कुनै महिलाले खानपान लाईफ स्टाईल राम्रो भएको महिलामा अन्डा पनि राम्रो हुन्छ । जंकफुड बढी खाने, खानपान जिवशैलीमा ध्यान नदिने महिला, अझ भनौ बाहुन क्षत्री समुदायमा पछिल्लो समय खानेकुरा ध्यान नदिने देखिन्छ । गुन्द्रुक मस्यौरा, चिया बिस्कुट, चाउचाउमा पौष्टिक तत्व त पाईदैन् । बाहिरको खानेकुरा खाएपछि त्यस्ता महिलाको तौल घटेर अन्डा अत्यधिक बढी हुने अन्डाको विकासक्रम नै नहुने जस्ता कारणले बाझोपनको समस्या देखिन्छ ।
यता, पुरुषमा बाझोपनको समस्या आउँनुभनेको शुक्रकिटको मात्रा अत्यधिक कम हुनेमा बाझोपनको समस्या हुन्छ । पुरुषको कारणले पनि बाझोपनको समस्या आईरहेको छ । शुक्रकिटको कमी आउँदा पनि बाझोपनको समस्या आउँने गरेको देखिन्छ । बैदेशिक रोजगारीमा अझ खाडीमुुलुक जहाँ अत्यधिक गर्मी छ त्यस्ता स्थानमा काम गर्ने पुरुषहरुमा ,सेफहरुमा र गाडी चलाउँने ड्राईभरमा शुक्रकिटको चाल र आकारमा परिवर्तन हुन थाल्छ । जसका कारण बाझोपन आउँछ । शुक्रकिट हाम्रो शरिरको तापक्रम भन्दा दुई डिग्री कम तापक्रम चाहिन्छ ।
आईभीएफ किन आवश्यक छ ?
हामीका आउँनेलाई सुरुमा सबै परीक्षण गछौं । परीक्षण पश्चात कुन उपचार कुन विरामीलाई गर्दा हुन्छ भनेर छुटाउँछौं । कतिपयमा अन्डाको विकाशक्रम मात्र नभएको हुनछ । भने त्यसलाई अन्डा बनाएर बच्चा हुने भयो, श्रिमानको शुक्रकिट राम्रो छ भने एउटा औषधिले दिएमा ति महिला गर्भपति हुन सक्छीन् । श्रिमानको शुक्रकिटमा कम छ भने ल्यावमा प्रोसेस गरेर श्रिमतिको अन्डाको विकासक्रम हेरेर त्यो शुक्रकिट हालेर गर्भधारण गराउँन सकिन्छ जसलाई आईयुआई भनिन्छ । पटक पटक आईयुआई गर्दा पनि गर्भ नबसेमा आईभीएफ गरिन्छ ।
त्यसैगरी, दुबै गर्भनलि बन्द रहेको छ । भने आईभीएफ नै गर्नुपर्छ । कसलाई के चाहिन्छ । सुरुमा हामी परीक्षण गछौं त्यसपश्चात कसलाई कुन उपचार गर्नुपर्ने हो त्यसको निर्णय गरेर अघि बढ्न सल्लाह दिन्छौं । मैले सुरुदेखि नै क्लनिकल परीक्षण देखिनै हेरेको छु भने तिनिहरुलाई ९० प्रतिशत गर्भवति भएका छन् ।
आईभीएफ कसरी र कस्ता व्यक्तिमा गरिन्छ ?
महिलाको दुबै गर्भनलि बन्द भएको छ भने आईभीएफ गरिन्छ । कुनै पनि महिलाले पटक पटक आईयुआई गरिरहेकी छिन् तर गर्भवति भएकी छैनन् भने तिनिहरुलाई आईभीएफ गरिन्छ ।
अर्को आईभीएफ भन्दा माथिल्लो पद्धति ईक्सी छ । आईभीएफ जस्तो प्राकृतिक रुपमा जसरी महिला गर्भवति हुन्छ त्यो प्रकृयाचाहि बाहिर गरिन्छ । महिलाको अन्डा निकाल्ने र पुरुषको पनि शुक्रकिट निकालेर ल्यावमा राखेर आफै फटिलाईज हुन दिने गरिन्छ । जसबाट भ्रण बन्छ । त्यसलाई महिलामा पाठेघरमा राखिन्छ ।
पुरुषको शुक्रकिट अत्यधिक कम भएको अवस्था छ । आईभिएफ पद्धति अपनाउँन नसकेको अवस्थामा ईक्सी ईन्ट्रा साईट्रोप्लाज्मा ईपोम ईन्जेक्सन ) गरिन्छ । पुरुषको शुक्रकिटको आकार जस्तो हुनुपर्ने त्यस्तो छैन । कहिलेकाही शुक्रकिटको टाउको सानो हुने वा दुईवटा टाउको हुने, दुई वटा पुछ्र हुने जस्ता भएमा न्याच्यौली फटिलाईट हुन सक्दैन् । त्यस्तो केशमा एउटा अन्डामा एउटा शुक्रकिट इन्जेकट गरिदिन्छौं । त्यसको फाईदा फटिलाईज हुने सम्भावना बढी हुने भयो । कहिले काही आईभिएफ गर्दा फटिलाईज हुदैन्थ्यो र भु्रण बन्दैन थियो । हाम्रो मुख्य लक्ष्य त भ्रण बनाउँने हो त्यसलाई पछि स्तान्तरण गर्ने हो नि तर भ्रुण नई नबने पछि के राख्ने त । सबै कुरा परीक्षण गरेपछि मात्र गरिने गरिन्छ ।
आईभीएफ गर्दा पहिलो पटकमै गर्भ रहन्छ ?
आईभीएफ समयमा गर्यो भने यसको सफलता भने उच्च हुन्छ । आईभीएफमा चाहिने भनेको अन्डाको रिजर्भ हो । आईभीएफका लागि आउँनुभएकालाई सुरुमा सबै परिक्षण गरिसकेपछि मात्र अन्य विधिबाट बच्चा नहुने भएपछि मात्र आईभिएफ गर्नुभन्छौं । सुरुमै आईभिएफ गरिदैन् । १० देखि १५ वटा अन्डा रहेको छ । भने आईभिएफको सफल हुने दर ९२ देखि ९५ हुन्छ ।
जस्तो कुनै एक ‘ए’ नाम गरेकी महिलाको १० देखि १५ वटा अन्डा रहेको छ । त्यसमा ७० प्रतिशत बच्चा ल्यावमा बन्यो त्यो भन्दा ७ वटा त बन्यो नि त सबै त पाठेघरमा राखिदैन् । एउटा वा दुई वटा राख्छौं । बाकि हामीले फ्रिज गरिदिन सक्छौं । फ्रिज गरेको एमरोयज फेरि प्रयोग गर्न सक्छौं । उतिनै पहिला जस्तो हुन्छ । आईभिएफ पहिलो पटकमै हुने सफल हुने सम्भावना ६० देखि ६५ प्रतिशत हुन्छ । यदि पहिलो पटकमा सफल भएन भने दोस्रो पटकमा आईभिएफको होल प्रक्रियामा जानुपरेन जुन आईभिएफको पहिलाको खर्चभन्दा तीनदेखि ४ गुणा कममा हुन्छ । पहिलो पटकमै बनि रहेको भ्रण हुन्छ । त्यो ट्रान्सफर गर्दा सक्सेस रेट धेरै हुने भयो । यदि समयमा आउँनुभयो भने तीन ४पटकसम्मका लागि भ्रण फ्रिज गरेर राखिदिएका हुन्छौं ।
आईभीएफ गर्नुभन्दा अघि के के कुरामा ध्यान दिनुपर्छ ?
आईभीएफ महँगो छ । आर्थिक र मानसिक रुपमै आईभीएफ गर्न तयारी हुनुपर्छ । यो गर्दा धेरै मेडिसियन प्रयोग गर्नुपर्छ जसले केही समय फिजिकल्ली पनि गाह्रो हुन्छ । कतिपयलाई पहिलो पटक गर्भवति हुन सक्नुहुदैन् । जसले केही मानसिक तनाव बढ्न सक्छ त्यसलाई पनि म समाधान गर्न सक्छु भनेर आउँनुपर्छ ।
आईभीएफ गर्दा विहोस बनाएर गरिन्छ भनिन्छ नि ?
पहिला पहिला आईभीएफको अन्डा बनाउँने ईन्जेक्सन एकदमै दुखाई हुने हुन्थ्यो । मन्टिपल ईन्जेक्सन २१ दिनसम्म लगाईन्थ्यो । अनि मात्र अन्डा निकाल्ने गरिन्थ्यो । जुन प्रक्रियाले गर्दा निकै आईभीएफ गर्ने महिलालाई निकै पिडा हुन्थ्यो । आईभीएफका विषयमा अध्ययन हुदाँ हुँदा अहिले आईभीएफ ईन्सुलीङ जस्तो ईक्जेक्सन लगाईन्छ । अहिले १० देखि १२ दिनमा ईन्जेक्सीन लगाईन्छ । कतिपय आउँछन् ईन्जेक्सन लगाउँछन् आफ्नो अफिस जान्छन् । जुन दिन अन्डा निकाल्ने हो त्यो दिन चाहि केही समय बिहोस् गराएर अन्डा निकालिन्छ । अन्डा निकालि सकेपछि केहीलाई चाहि तल्लो पेट भारी हुने दुख्ने समस्या हुन्छ । जुन आफै केही दिनमा ठिक हुन्छ । यो सबै दक्ष चिकित्सकको निगरानीमा गर्नुपर्छ ।
आईभीएफ गर्दा किन जुम्ल्याहा बच्चा जन्मिन्छन् ?
आईभीएफ गर्दा दुई वटा भु्रण राखिन्छ । किन भने आईभीएफ गर्न आउँने निकै आर्थिकदेखि मानसिक रुपमा निकै पिडादाई भोग्नुपर्छ । पेनमा हुन्छन् । हामीले भ्रुण एउटा राख्ने हो भने जुम्ल्याहा नहुने सम्भावना नहुन पनि सक्छ । तीन दिनको भु्रण भए दुई वटा राखिन्छ । पाँच दिनको भए एउटा मात्र राखिन्छ । करेन्ट फेलिएर हुने स्थिति आउँला भन्ने अवस्थामा भु्रणको मात्रा धेरै राखिन्छ ।
आईभीएफ गरेकालाई किन शल्यक्रियाबाट नै बच्चा जन्माईन्छ ?
आईभीएफ गरेर बच्चा बस्नु र नर्मल गरेर बच्चा बस्नुमा फरक केही छैन् । अन्डा र शुक्रकिटको सम्पर्क हुदाँ बच्चा नबनेपछि बाहिर ल्यावमा बनाएर गर्भ राखिने मात्र हो । अन्य विकासक्रम सबै प्रक्रिया नर्मल जस्तै हो । आईभिएफमा हर्मोनहरु दिईन्छ जुन तीन महिनासम्म मात्र हो । त्यसपछि अन्य गर्भवति जसरी हेछौं । एउटा के हो भने आईभिएफ गरेका उमेर भने अलिक बढी हुन्छ । हाम्रो समाजमा अहिले पनि छिटो आईभीएफ गर्न आउँनेको कमी छ । आईभीएफ गर्न अन्तिममा मात्र आउँने गर्छन् । उमेर बढेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था नै आउँछ । नर्मल डेलिभरीको प्रक्रियाको दुखाईहरु सहन सक्ने हुदैन् । बोनहरु नर्मल लेभर नहुने हुन्छ । पेसर सुगरको समस्या आउँने हुन्छ । कतिपय विरामीले मलाई शल्यक्रिया नै गरिदिनुभन्नुहुन्छ । कतिपयको उमेरको कारणले पनि शल्यक्रिया गर्नुपर्छ ।