Lightning happened in Delhi on 25th of February, shot from balcony

काठमाडौं । नेपालमा मानवीय क्षतिको दोस्रो मुख्य कारक चट्याङबाट भए पनि यसबाट जोगिनेबारे प्रचुर सावधानी अपनाएको पाइँदैन । यसमा जनचेतनाको कमी देखिन्छ । चट्याङका कारण प्रवाह हुने करेन्टबाट जोगिन सके मानवीय क्षति कम गर्न सकिन्छ ।
यसरी सकिन्छ चट्याङबाट बच्न

हातलाई घुँडामा टेकाएर टाउको निहुराएर होचो ठाँउको भुईंसतहमा बस्नु राम्रो हुन्छ ।

आकाशमा बिजुली चम्किनेबित्तिकै चट्याङ पर्न लाग्यो भन्ने बुझ्नुपर्छ, त्यसबखत थचक्क बस्नुपर्छ ।

– चट्याङ पर्दा छाता खोल्ने वा मोबाइल फोन प्रयोग गर्ने गर्नुहुँदैन । किनभने यी वस्तुमा भएका धातुले करेन्टलाई शरीरतर्फ तान्न मद्दत गर्छ

– बार्दली र कौसीमा बस्नु हुँदैन । झ्याल र ढोका बन्द गर्नुपर्छ ।

– चट्याङ पर्दा वा बादलबाट मेघ गर्जनको आवाज आउँदा घरभित्र हुनुहुन्छ भने विद्युतीय उपकरणबाट टाढै रहनुपर्छ ।

– चट्याङ परेको समयमा वा चट्याङ पर्दा खेतबारीमा काम गर्न निस्किनुहुँदैन । खेतमै भएको अवस्थामा नजिकै रहेको कुनै स्थानमा बस्न पर्छ ।

– चट्याङ परेको बेला रुखमुनि, अग्लो भवन वा खुल्ला ठाँउमा उभिनुहुँदैन ।

– यात्राको क्रममा चट्याङ परेमा गाडीमै बस्नुपर्छ । बाइकमा भए रोकेर कुनै स्थानमा गएर तुरुन्तै बस्ने ।

– बिजुली वा टेलिफोनको पोल र र कुनै पनि मेसिनबाट टाढा रहने।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0