Playful brunette with tender soft skin covering eyes with cucumber slices and pouting lips against pink background

काठमाडौं । धेरै मानिसलाई डार्क सर्कलले सताई रहेको छ । आँखाले हाम्रो अनुहारको सौन्दर्य बढाउँछ । तर के हुन्छ यदि ती सुन्दर आँखाहरू मुनि कालो घेराहरू छन्। यसले हाम्रो सम्पूर्ण अनुहारको सौन्दर्य बिगार्छ । डार्क सर्कल देखिनुको पछाडि धेरै कारण हुन सक्छन्। धेरै पटक अत्यधिक तनावका कारण आँखा मुनि कालो घेरा देखिन्छ ।

यी घरेलु उपाय अपनाएर हटाउन सकिन्छ डार्क सर्कल

काँचो आलु : काँचो आलुको मद्दतले कालो घेरा सजिलै हटाउन सकिन्छ। यसका लागि पहिला आलुको रस कोरेर निकाल्नुहोस् । यसरी निकालेको आलुको रसलाई केही थोपा कागतीको साथ मिलाउनुहोस्। त्यसपछि यसलाई कपासको सहयोगले आँखामुनि लगाउनाले आँखा मुनिको कालो घेरा हट्छ ।

टी ब्याग टी : ब्यागले पनि चाँडै कालो घेरा हटाउँछ। यसका लागि चिया झोलालाई केही समय पानीमा भिजाएर छोड्नुहोस् । त्यस पछि, यसलाई फ्रिजमा चिसो गर्नुहोस्। केहि समय पछि, यसलाई बाहिर निकाल्नुहोस् । आँखामा राख्नुहोस् र सुत्नुहोस्। यसो गर्दा आँखालाई शीतलता मिल्छ र कालो घेरा हट्छ ।

काक्रो : डार्क सर्कल हटाउँन मदत गर्छ । काँक्रोलाई केही समय फ्रिजमा राख्नुहोस् । त्यसपछि यसलाई टुक्रामा काटेर आँखाको माथिको कालो घेरा ( डार्क सर्कल) मा राख्नुहोस् । १०-१५ मिनेट राखेर काक्रोका टुक्राहरू हटाउनुहोस् । यसो गर्नाले छिट्टै डार्क सर्कलबाट छुटकारा पाउन सकिन्छ ।
बदामको तेल : बदामको तेल भिटामिन ईको राम्रो स्रोत हो। राति सुत्नुअघि केही थोपा बदामको तेलले आँखाको मुनि मसाज गर्नुहोस्। बिस्तारै डार्क सर्कल कम हुनेछ।

प्याप्त निन्द्रा ७ देखि ८ घण्टा सुत्नुहोस् ।
आफूलाई हाइड्रेटेड राख्न पर्याप्त मात्रामा पानी पिउनुहोस्।
घाममा निस्कनुअघि अनुहारमा सनस्क्रिन लगाउनुहोस्

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0