काठमाडौं ।  अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्लेकी आमा र दाजु अमेरिकाको भर्जिनिया पुगेका छन् ।

ममता बेपत्ता पारेको र शव लुकाएको अभियोगमा गत भदौं ७ गते प्रहरीले पक्राउ गरेर गरेको थियो ।  नरेश भट्टलाई प्रहरी हिरासतमा छन्। १ वर्षकी छोरी एक्लै भएपछि रेखदेख गर्न भन्दै काफ्लेको माइती पक्षले अमेरिका जान खोजेको थियो ।

काफ्लेको माइती पक्षले नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग समेत भेट गरेका थिए । त्यसपछि उनीहरुले अमेरिका जाने प्रक्रिया थालेका थिए । भिसा लगायतका प्रक्रिया पूरा भएपछि गएको मंगलबार राति उनीहरु अमेरिका लागेका हुन् ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् । ममता को शव अझै भेटिएको छैन् । अदालतका कागजातहरूमा प्रहरीले नरेशको घरमै वाथरुममा रगतको आहाल फेला पारेको छ। जहाँ रगत जमेको देखिएको छ।

ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेशले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको खुलासा भएको छ ।

नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले सोमबार अदालतमा बताएका थिए ।
२०७७ सालमा पनौतीमा धुमधामसँग नरेश र ममताबीच विवाह बन्धनमा बाधिएका थिए । विवाहको केही समयपछि ममता अमेरिका गएकी थिइन् ।

 

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0