ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले आईसीयूमा राखेर उपचाररत तामाङको आज बिहान मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार थाइराइडको क्यान्सर उपचारका लागि उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । किन अस्पतालबाट हाम फाल्नुको कारण अहिलेसम्म खुलेको छैन ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1