पछिल्लो समय  खानपान र जीवनशैली कारण बिभिन्न रोगको बढ्दैं गएको छ ।  जसको उपचारका लागि मानिसहरुले धेरै पैसा खर्च गर्न बाध्य छन् । अर्को के पनि देखिन्छ भने अधिकाश मानिमा मधुमेह, मोटोपना र  उच्चरतचाप को समस्या बढी देखिने गरेको छ । यी रोगकै उपचारका लागि धेरै रकम खर्च गर्नु बाध्यता उति नै छ ।  यी यस्ता रोगबाट बच्न यी पाँच काम गरेमा औषधिको सेवन गर्ने झन्झटबाट छुटकारा पाउँन सकिन्छ ।

१. विहान घाम ताप्ने

घाम ताप्नु हाम्रो शरिरका लागि निकै फाईदा छ । यसले शरीरलाई प्रशस्त मात्रामा भिटामिन डी दिन्छ । जसले हड्डीलाई मजबुत बनाउँछ। यसबाहेक बिहानको घाम ताप्नुले छालाको समस्या बाट टाढा राख्छ। राम्रो निद्राको लागि घामको किरण लिनु आवश्यक मानिन्छ, किनभने यसले शरीरमा मेलाटोनिन हर्मोन उत्पादन गर्छ।  जुन राम्रो निद्राको लागि आवश्यक मानिन्छ।

२. दैनिक कसरत गर्नुहोस्

दैनिक २०-३० मिनेट शारिरक व्यायमका लागि  छुट्याउँनुहोस् । नियमित व्यायमले शरीरलाई मात्र फिट राख्न होईन की उमेर पनि घटाएर जवान देखाउँन मदत गर्दछ ।
कसरत गर्नु भनेको घण्टौं पसिना बगाउन जिम जानु  मात्र होइन, सामान्य घरायसी काममा पनि सजिलै फिट हुन सक्नुहुन्छ। त्यहाँ धेरै गतिविधिहरू छन् जस्तै :योग, डोरी जम्पिङ, र हिड्ने जसमा कुनै लगानी आवश्यक पर्दैन।

३. स्वस्थ आहार

के तपाई कोलेस्ट्रोल, मधुमेह, मुटुको समस्याका साथै अन्य नसर्ने रोगबाट बच्न चाहनुहुन्छ भन्ने दैनिक प्रयोग हुने चिनी र नुन को मात्रा कम घटाउँनुहोस् । जे मन लाग्यो त्यही नखाने र शरीर आवश्यक र स्वास्थ्य खाने कुरा मात्र खानुहोस ।

४. प्रशस्त पानी पिउनुहोस्

शरीरलाई हाइड्रेटेड राख्नका साथै शरीरका विभिन्न आवश्यकता पुरा गर्नका लागि पानी धेरै महत्त्वपूर्ण छ। दिनमा कम्तीमा ६ देखि ८ गिलास पानी पिउनुहोस्। मनतातो पानी पिउनाले तपाईलाई अझ जीवन्त बनाउँछ र यसबाट पाचन क्रियालाई नियन्त्रण गर्न सकिन्छ ।

५. प्याप्त सुत्नहोस्

शरीर र दिमागलाई स्वस्थ राख्न निद्राको ठूलो भूमिका हुन्छ । आराम र निन्द्राले दिनमा ताजा रहन सकिन्छ । राम्रो निद्राका लागि सुतिसकेपछि मोबाइल फोन, टिभी आदि प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0