काठमाडौं । गमीको समयमा दादको समस्या लिएर बढी आउँने गरेका अस्पतालका छाला रोग विशेषज्ञ बताउँछन् । कोशी अस्पतालका छाला रोग विशेषज्ञ डा. असित घिमिरेले गमीको समयमा दादको समस्या बढी देखिने गरेको बताउँछन् । उनका अनुसार दादको सुरुको समयमा मानिसहरु घरमै विभिन्न घरायसी औषधि प्रयोग गर्ने गर्छन् । त्यसपछि मेडिकल पसलमा गरेर अनि समस्या निको नभएको अवस्थामा मात्र अस्पताल आउँने गरेका छन् ।
उनले भने,“सुरुमा देखिदाँ यो समस्या कुनै एक ठाउँमा आएको हुन्छ । तर अस्पताल आएर उपचार नगर्दा शरिर भरि भए पछि मात्र अस्पताल आउँने गरेका देखिन्छ । ”
उनले दादको समस्याबाट बच्न शरिरमा पसिना आउँदा , पसिना वा पानीले भिजेका चिसो कपडा लगाउँनु हुदैन् । दिनभरी शरिरमा आउँने पसिना गुम्सिएर दादको समस्या देखिन्छ । नुहाईसकेपछि पनि शरिर पुरै पुछेर मात्र कपडा लगाउँनुपर्ने बताए । उनले भने,“शरिर सुख्खा राख्न सक्नु नै सबैभन्दा उत्तम बच्ने उपाय हो ।”