पछिल्लो केही दिन यता चिसो बढ्दै गएको छ । भने नेपालमा मधुमेह रोग प्र्रकोपको रुपमा बढ्न थालेको देखिन्छ । चिकित्सकहरुका अनुसार मधुमेह भएकाहरुलाई हृदयघातको जोखिम पनि उतिनै हुने बताउँछन् ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलका अनुसार मधुमेहका बिरामीलाई हृदयघातको जोखिम बढी हुने हुन्छ । उनले भने, ‘धुम्रपान गर्ने मधुमेह रोगीलाई हृदयघातको खतरा अत्यधिक हुने हुन्छ ।’
उनले रक्तचाप र कोलेस्टोलको राम्रो नियन्त्रण नभएमा पनि हृदयघातको खतरा बढी हुने बताए । उनले भने,’मधुमेहका बिरामीहरुले हृदयघात हुन नदिन निरन्तर शारिरीक गतिविधि र खानपानमा ध्यान दिनुपर्छ । भने औषधिको नियमिच प्रयोग गर्नुपर्छ ।’
मधुमेहको बिरामीले हृदयघात हुनबाट यसरी बच्न सकिन्छ
१.चुरोट कहिलै पनि सेवन नगर्ने
२.रक्तचापको नियन्त्रण गर्ने
३.मधुमेह नियन्त्रणमा राख्ने
४.कोलेस्टोल नियन्त्रणमा राख्ने

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0